काठमाडौं उपत्यकामा प्रवेश गर्न र बाहिर जान पूर्ण रूपमा रोक

काठमाडौं - कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं प्रवेश गर्न र बाहिर जान रोक लगाइएको छ ।

विगत केही दिन देखी कोरोना कहर व्यापकरुपम बढदै जाँदा काठमाडौंमा प्रवेश गर्न आवत-जावतमा  रोक लगाइएका हो ।

कोरोना भाइरसको संक्रमण बढदै गएकोले काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान रोक लगाएको छ ।अब अत्यावश्यक सामान बोकेका सवारी साधन अथवा  एम्बुलेन्स चल्न पाउने छन् ।

बुधबर एकैदिन काठमाडौं उपत्यकामा १३८ जना कोरोना संक्रमित फेला परेपछि नाका सिल गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

‘गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यकाबाट अत्यावश्यक बाहेकका सवारी साधन बाहिरिन र  भित्रन रोक लगाईको छ।


उपत्यकामा संक्रमित बढेसँगै परिस्थिति बिग्रनु अगावै कदम नचाल्ने हो भने अवस्था गम्भीर  बन्ने विज्ञहरूको चेतावनी छ ।

काठमाडौंका जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिइँदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताए ।

उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन् । गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।