कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकी क्षेत्र सील

कोरोना भाइरसको जोखिम उपत्यकामा पनि बढिरहेको छ । कोरोना संक्रमण बढे सँगै उपत्यकामा जोर बिजोर लागु गरिएको छ । त्यसैगरि उच्च जोखिम भएका ठाउँमा सिल गरिएको छ ।

त्यस्तै कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि कलंकी क्षेत्रमा पनि सील गरिएको छ । सील गरेपछि सो क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेक अरु प्रतिबन्ध लगाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोनाभाइरसको संक्रमण बढेपछि कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू  पनि  बन्द गरिएको छ ।

स्थानियवासी, स्थानीय क्लब, वडा कार्यालय र प्रहरीको समन्वयमा कलंकी क्षेत्रमा खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय बाहेकका अरु प्रतिबन्ध लगाइएको हो । ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा विभिन्न स्थानलाई सिल गरिन थालिएको छ । कोटेश्वर, न्यूरोड, कपन, महाबौद्धलगायतका क्षेत्र पनि सिल गरिएको छ ।