प्रेम र विवाहको नाटक गरेर युवती माथि ६ दिनसम्म बलात्कार
थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएका धादिङ घर भएका राजन विश्वकर्मा उर्फ राज सेन्चुरीलाई थानकोट प्रहरीले पक्राउ गरेको छ ।
नाम, थर ढाँटेर प्रेम विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले राजन विश्वकर्मा उर्फ राज सेन्चुरीलाई पक्राउ गरेको छ ।
काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे ।
राजनले बलात्कार गरेर युवतीको २ लाख नगद र २ तोला सुन लिएर फरार भएको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्राउ गरी बलात्कार र ठगी मुद्दा चलाएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘बलात्कार गर्ने नियतले नै प्रेम–विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’
काठमाडौँमा घर र जमिन भएकी युवतीलाई सेन्चुरीले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछ्याएको पाइएको छ ।
साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले महानगरीय प्रहरी वृत थानकोटमा उजुर गरेकी थिइन् ।
प्रतिक्रिया