पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मृत्यु
जनकपुरका ७३ वर्षका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ ।
गिरीको मंगलबार राति मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको हो ।
गिरीलाई श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो । नेपाली कांग्रेसको महासमितिको सदस्य समेत रहेका थिए । गिरी जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत थिए । ‘कोरोना भाइरस संक्रमणसँगै उहाँमा अन्य जटिल समस्या पनि थियो ।
उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।’
प्रतिक्रिया