बर्दगोरीया गाउँपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न, नमुना गाउँपालीका बनाउन सबैको जोड
कैलाली- बौनिया। कैलालीको बर्दगोरीया गाउँपालिकाले बार्षिक समिक्षा, प्रगती बिवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार गाउँ सरकारले आर्थिक वर्ष २०७६-०७७ का बिभिन्न आयोजना र कार्यक्रम संचालन तथा कार्यालय संचालन र कर्मचारी परिचालनका क्षेत्रमा भएको खर्च तथा प्रगती बिवरण सार्वजनिक गरेको हो
गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती डगाँरा थारुले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले आ–आफनो बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कोरोना महामारीको बिच गाउँपालिकाको बजेट खर्च सन्तोषजनक नै भएपनि गाउँपालिकाका महत्वपूर्ण र गौरबका योजना संचालनमा भने गाउँपालिकाको चासो नदेखिएको कार्यक्रममा सहभागीहरुले बताएका छन ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले गौरबका योजनामा बिशेष ध्यान दिनुपर्ने, बिकास निर्माणका योजना समयमै सक्ने गरी संचालन गर्नुपर्ने, सर्वपक्षिय छलफल तथा समन्वय गर्नुपर्ने तथा सबृद्ध गाउँपालिका निर्माणका लागि गाँउ सरकार संगै आम नागरिकलाई पनि जिम्मेवार बनाउन प्रयास गर्नुपर्ने लगायतका सुझावहरु समेत गाउपालिकालाई दिएका छन ।
कार्यक्रममा केही नागरिकले भने स्थानीय सरकारबाट सहजै पाउनुपर्ने सेवा र सुबिधा समेत आफुलाई विभिन्न कारण देखाउदै दुस्ख दिने गरेको ,जनप्रतिनिधि जनमैत्री नभएको, धेरै ठाउँमा आसेपासेलाई मात्रै समेट्ने गरेको बताए । गाउँपालिका मातहतका वडाहरुले सार्बजनिक सुनुवाइ समेत अहिले सम्म नगर्ने गरेको, विकासे योजना पहुचको आधारमा गरेको गुनासो गरेका थिए ।
स्थानीय स्तरमा संचालन हुने शिक्षा, स्वास्थ, कृषि,पर्यटन तथा रोजगारमुलक कार्यक्रमबारे धेरैले थाहै नहुने गरेको बताए । यसका साथै स्थानीय नागरिकले खानेपानी समस्या, बजारमा ढल निकास ब्यवस्थापन लगायतका विषयमा गाउँपालिकाले ध्यान दिन नसकेको गुनासो गरे, भने सेवाग्राहीका लागि सहयोग कक्ष (हेल्पडेस्क ) राखिनुपर्ने, योजना अनुगमन, राजस्व संकलन ब्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाको सेवाप्रति सेवाग्राहीको सन्तुष्टि, नियमितता, जनबिश्वास, गुणस्तर, सूचनाको अभिमत सर्वेक्षण अनुसार गाउँपालिकाले राम्रो काम सम्पादन गरेको भन्दै प्रसंशा गर्नेभन्दा अझ जनमुखी र पारदर्शीता बनाउनुपर्छ भनी धेरैले सुझाव समेत दिए ।
कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माण बजेट योजना समयमै सम्पन्न नहुने र आर्थिक वर्षको असार मसान्तसम्म छिटोछरितो काम गर्दा प्रभावकारी र गुणस्तरीय हुन नसक्नेमा ध्यानाकर्षण गराएका थिए ।
]
कार्यक्रममा सहभागीहरुले सडक तथा विभिन्न पूर्वाधार निर्माण बजेट योजना समयमै सम्पन्न नहुने र आर्थिक वर्षको असार मसान्तसम्म छिटोछरितो काम गर्दा प्रभावकारी र गुणस्तरीय हुन नसक्नेमा ध्यानाकर्षण गराएका थिए ।
]
कार्यक्रममा सहभागीले राखेका जिज्ञासा, सल्लाह सुझाव र गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका सभापति बलिराम डंगौरा, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की तथा विभिन्न शाखा प्रमुखले सेवाग्राहीले उठाएका कुराहरु निकै
सान्दर्भिक भएको भन्दै आगामी दिनहरुमा सेवा प्रवाहलाई सशक्त तरिकाले सच्चाउदैँ जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सेवाग्राही, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सेवाग्राही, संघसंस्थाका प्रतिनिधि, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया