नेकपालाई नराम्रो धक्का, ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश

माओवादीको आधार इलाका रामेछापको दोरम्बामा नेकपालाई नराम्रो धक्का, ३ दर्जन बढि युवा कांग्रेसमा प्रवेश गरेका छन् । महामन्त्री डा शशांक कोइरालाले स्वागत गर्नु भयो ।

तत्कालिन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् ।

कोइरालाको निवासमा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उर्जा थपिएको बताए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुशासनका कारण नागरिकमा अविश्वास जागेको बताए ।

कोइरालाले नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता राचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए । सो क्षेत्रका अधिकांश युवाहरु कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए ।