जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका ३ घरभएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका ८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई रोकी राखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया