राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
राष्ट्रिय ट्रमा सेन्टरका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ट्रमा सेन्टर अस्पतालका स्टोर किपललाई संक्रमण देखिएको ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भने, ‘उहाँसँग प्रशासन तर्फका कर्मचारी बढी सम्पर्क हुनुभएकाले म सहित प्रशासनका कर्मचारी क्वारेन्टाइनमा बस्न आइसकेका छौँ। अहिलेसम्म कसैलाई लक्षण देखिएको छैन। सबैको पिसिआर परीक्षण हुन्छ।
ट्रमा सेन्टरले क्वारेन्टाइनका लागि कान्तिपथस्थित एक होटलमा बस्ने व्यवस्था मिलाएको बताइएको छ।
प्रतिक्रिया