मेडिसिटीमा कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं । विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको संख्या दिनप्रति दिन थपिदै छ , मृत्युको संख्या पनि बढदै छ । सोमबार बिहान कोरोना संक्रमण बाट एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ।
उनको निमोनिया र मधुमेहको रोगी भएको साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतक व्यक्तिको घर कलंकी ट्याङ्ला फाँटका हुन् । जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार सोमबार बिहान ६ बजे उनको मृत्यु भएको हो ।
प्रतिक्रिया