रौतहटमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - रौतहट जिल्लाको गौरमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

गौर नगरपालिकाका ५ मा बढी संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएको छ।

गौर नगरपालिका ५ का ७ जना,खानेपानी संस्थाका कार्यरत कर्मचारी, ४ जना र गौर नगरपालिका ८ का २ जना पुरुष हुन् । अन्य २ जनाको ठेगाना खुलेको छैन्।

हाल अहिले रौतहटको दुई क्वारेन्टाइनमा १४ जना उपचारत छन् ।

कोरोना संक्रमितहरुलाई गरुडाको बिर्तामा रहेको नेपाल प्रहरीको विद्यालय र चन्द्रपुरको शहीद पार्कमा निर्माण भएको आइसोलेसनमा राखिएको छन् ।

अहिले सम्म रौतहटमा १ हजार ३ सय २३ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको जनस्वास्थ्य कार्यालयका प्रमुख साहले बताए । यस भन्दा पहिलाको रिपोटमा पनि गौर नगरपालिका ५ मै संक्रमित थपिएको थियो।

रौतहटको समुदायमा संक्रमितको संख्या थपिदै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले २४ गते देखि ३२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

रौतहटमा केहि दिन अगाडी रुघाखोकी र ज्वरोले वडा अध्यक्षको मृत्यु भईसकेको र मृत्यु भएका वडा अध्यक्षका परिवारमा पनि कोरोना संक्रमित पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख साहले जनाएको छ ।

निषेधाज्ञा पुर्व बोर्डर एरियाबाट सयौं मान्छेहरु संख्यामा आवतजावत गरिरहदा संक्रमण फैलिएको स्थानीयले बताएको छ।