५ प्रहरी र कर्मचासहित २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं -आइतबार मकवानपुरमा ५ जना प्रहरी र कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणगदा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिए ।

प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ घर भई हेटौंडास्थित एक सहकारी संस्थामा कार्यरत एकजना महिला कर्मचारी र बिराटनगर घर भई हेटौंडामा बस्दै आएका एकजनामा संक्रमण पुष्टि भएको हो । यसअघि शुक्रबार १७ र आइतबार २३ जनामा संक्रमण पुष्टि भएको थियो ।