मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरे । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए ।                                                                                                                                            
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति सीसीएमसीको टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

बिहिबार मन्त्रालयमा कार्यालय सहयोगी, सवारी चालक तथा अन्य कर्मचारीको नमुना परीक्षणा गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको डा.गौतमले वर्णन मिडियालाई जानकारी दिनुभयो ।