कोरोना संक्रमित बाट थप एक पुरुषको मृत्यु
काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना उपचार केन्द्रमा केहि दिन अगाडी भर्ना भएका थिए ।
उपचारत क्रममा उनको मृत्यु भएको छ । निर्देशक डा अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।
यसैगरी नेपालभरी कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।
प्रतिक्रिया