आज देखि रौतहटमा निषेधाज्ञा जारी, उल्लंघन गरे क्वारेन्टाइनमा हाल्ने

अमित ठाकुर- समुदायमा कोरोना संक्रमण फैलिदा ३२ गते सम्म लागुहुने गरी रौतहटमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश २ काे पर्सा जिल्ला अहिले कोरोनाबाट उच्च प्रभावित जिल्ला बनेको छ । प्रदेश २ काे पर्सा र बारा जिल्लामा अर्को आदेश नआए सम्म निषेधाज्ञा जारी नै रहने बताईएकाे छ । साथै प्रदेश २ का ६ जिल्लामा दिन तोकेर निषेधाज्ञाको जारी गरीएको छ ।

साउन महिनाको सुरुमै राजदेवी नगरपालिकाको वडा अध्यक्षमा कोरोना पुष्टि भएको थियो । 

गत आईतवार राति ईशनाथ नगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष देवेन्द्र ठाकुरको स्वासप्रस्वास समस्या आएपछि अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । 

अचानक मृत्यु भएपछि प्रसाशनले भिडभाड नगरी दाहसंस्कार गर्न भनेता पनि परिवार समुहले सयौंको संख्यामा भिडभाड गरि दाहसंस्कार गरेका थिए । मृतक ठाकुरको परिवारका १६ जनाकाे पिसिआर चेक गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन्।

त्यस्तै गौर नगरपालिका वडा नंबर ५ का एक युवकको पिसिआर चेकजाँच गराउँदा पोजेटिभ रिपोर्ट आएको र परिवारका ३ जना सदस्यले चेकजाँच गराउँदा तिनीहरुकाे पनि रिपोर्ट पोजेटिभ आएपछि समुदायमा कोरोना तीब्र गतीमा सरेको पुष्टि भएको छ ।

जारी गरेको निषेधाज्ञा कसैले उलंघन गरे क्वारेन्टाइन मा राख्ने वा संक्रमन रोग ऐन अनुसार कारवाही गर्ने रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका छन ।