काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’
काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र ‘शिल’ गरिएको छ । आठ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सो क्षेत्र शिल गरिएको हो । संक्रमित हुनेहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।
अघिल्लो बिहीबार एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।
उपत्यकामा जहाँ संक्रमण देखियो त्यहाँ शिल गर्ने रणनीति अगाडि सारिएको छ ।
प्रतिक्रिया