क्वारेन्टाइनमा बसेकी एक युवतीले गरिन आत्महत्या

क्वारेन्टिनमा बसेकी एक युवतीले क्वारेन्टाइनमै आत्महत्या गरेकी छिन ।

काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारको क्वारेन्टिनमा बसेकी २१ वर्षीया ती युवतीले शुक्रबार आत्महत्या गरेकी हुन् । केहि दिन अगाडी दुबईबाट आएकी उनी उक्त्त क्वारेन्टिनमा बसेकी थिईन ।

उनले क्वारेन्टाइनमा बसेको कोठाभित्र झुण्डिएर दिउँसो आत्महत्या गरेकी हुन् । उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी प्रहरीले जनाएकाे छ।

क्वारेन्टाइन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आत्महत्या गरेको भन्दै मृतकका आफन्तले स्वास्थ्य कार्यालयमा आक्रमण गरेका छन् । ती युवतीको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।