वीरगञ्जमा १४२ जनामा कोरोना संक्रमण पुष्टि : प्रहरी,सेना र थुनुवाकाे संख्या बढि
वीरगञ्ज । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्सामा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको पहिलोपटक हो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालयसँग आबद्ध रहेका भेटिएको छ ।
उनीहरु प्रहरी र थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताएका छन् ।
ठेगाना पर्सा प्रहरी उल्लेख भएका ४७ जना मध्ये सुरक्षाकर्मीभन्दा बढी थुनुवा भएको कुँवरले जानकारी दिएका छन् ।
वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ ।
संक्रमितहरुमध्ये बाराका चार रौतहटका पाँच जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए। संक्रमिटमध्ये २४ जना महिला र बाँकी सबै पुरुष रहेको उनको भनाइ छ ।
संक्रमितहरुमा आठ वर्षदेखि ७९ वर्ष उमेर समूहसम्म रहेका छन्। थपिएका संक्रमितहरुमा वीरगन्ज महानगरपालिका–२५ श्रीसिया खलवाटोलाका मात्र २८ जना छन।
प्रतिक्रिया