सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढदै छ,मृत्यु हुनेको संख्या पनि बढदै छ ।

बिहीबार राति २१ वर्षीय एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी युवक डायलासिस सेवा लिन धरान पुगेका थिए । प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ । यसैगरी नेपालमा कोरोना संक्रमण बाट मृत्य हुनेको संख्या ६६ पुगेको छ ।