प्रदेश २का कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि
मन्त्री यादवमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रलाई बुधबार राति आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड पीएसओ अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो ।
उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । यसैगरी प्रदेश २ मा कोरोना संक्रमण पुष्टि भएको संख्या ५ हजार २७२ जनामा रहेको छ ।
प्रतिक्रिया