नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

कोरोना संक्रमितका कारण थप १ जनाको मृत्यु भएको छ ।

वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिनुभएको छ । उनको हिजो मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक मधुमेहका बिरामी रहेको समेत बताइएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।