कोरोनाबाट थप १८ वर्षीया युवतीको मृत्यु

काठमाडौं- विश्व्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढदै छ,मृत्यु हुनेको संख्या पनि बढदै छ ।पर्साकी कोरोना भाइरस संक्रमण बाट थप एक १८ वर्षीया युवतीको मृत्यु भएको छ ।

पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीलाई बान्ता भएपछि उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज अस्पतालमा ल्याउँदै गर्दा बाटोमै युवतीको सोमबार मृत्यु भएको जनाइएको छ । युवतीको मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

ति यूवतिको मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमण बाट मृतक संख्या ५९ जना पुगेको छ ।