अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना महामारीको कारणले दिनप्रति दिन कोरोना संक्रमणको संख्या थपिदै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको

अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।