सिन्धुपाल्चोकमा कभर्डहल निर्माण गर्ने ८ मजदुर पहिरोमा पुरिए
वाग्मती प्रदेश सरकारलेसिन्धुपाल्चोकमा निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेर ८ मजदुरको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको बताएका छन्।
मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।
प्रतिक्रिया