कोरोनाबाट थप एक ७७ वर्षीय बृद्धको मृत्यु
काठमाडौं- विश्व्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढदै छ,मृत्यु हुनेको संख्या पनि बढदै छ ।
कोरोना भाइरस संक्रमण बाट थप एक ७७ वर्षीय बृद्धको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय बृद्धको कोशी अस्पतालमा उपचाररत मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताए ।
उनलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएकोमा रिपोर्ट नआउँदै उनको मृत्यु भएको डा दासको भनाइ छ । योसँगै नेपालम कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।
प्रतिक्रिया