उपत्यकामा संक्रमण बढेपछि होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निष्कर्ष

महमारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा होटल रेष्टुराँहरू पुन: बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम आइसीए को बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले बताए।