कोरानालाई बेवास्ता गर्दै जनै पूर्णिमाका दिन पशुपति क्षेत्रमा मेला

कोरोना भाइरसका कारण नेपाल सहित विश्व नै त्रास र जाेखिममा रहेकाे छ ।

नेपालमा भने जनै पूर्णिमाका दिन पशुपति क्षेत्रमा मेला नै लागेको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रकाे घुईंचो देख्दा लाग्छ कोरोना भाइरसको त्रास कसैमा छैन ।

त्याहाँ उपस्थित मानिसहरुकाे असंवेदनसिलता र क्रियाकलाप लाई देख्दा कोरोना भाइरसकाे जाेखिमलाई मजाककाे रुपमा लिईएकाे प्रष्ट देखिन्थ्यो ।

आज पशुपति क्षेत्रमा मात्र नभएर देशका विभिन्न तलाउ, मन्दिर, तीर्थस्थलहरुमा मानिसको घुँईचोले कोरोनालाई चुनौती दिइरहेका छ ।

आज सोमबार हिन्दू धर्मावलम्बीहरुको पर्व जनै पूर्णिमा अर्थात् रक्षाबन्धन हाे । यस पर्वमा उनीहरु विभिन्न नदी, तलाउ, मठ मन्दिरमा पुगेर भगवानको पूजा आराधना गरी आफ्ना आस्था प्रकट गर्दै छन् ।

तर अहिले कोरोना भाइरसका कारण मुलुक संकटमा रहेको बेला भौतिक तथा सामाजिक दूरी कायम गर्दै होसियारी अपनाउन सरकारले आग्रह गरिए पनि पशुपति क्षेत्रमा त्यस्ताे सजगता र हाेसियारी केहि देखिएकाे छैन ।

पशुपति क्षेत्रमा देखिएकाे मानिसहरुको भिडले काेराेना संङ्क्रमणकाे स्थिती झन भयावह हुने प्रस्ट देखिन्छ ।