वडाध्यक्ष देवेन्द्र ठाकुरको निधन

रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो ।

ठाकुरलाई श्वास फेर्न गाह्रो भएपछि आइतबार मध्यरातमा परिवारले उपचारको लागि गौरस्थित निजी अस्पतालमा ल्याउदै गर्दा उनको बाटोमै ज्यान गएको हो । गौरनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादबले जानकारी दिए । उनको शब आफन ै घर गौरमा राखिएको छ ।

निजको तीनदिन पहिले आरडिटी गरिएको र आरडिटीको रिजल्ट नेगेटिभ भएको र ज्वरो, रुघा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या रहेको स्वास्थ्य संयोजक यादबले बताउनु भयो । मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको लक्षण देखिएको यादबले बताए ।

वडाध्यक्ष ठाकुर सुगर र प्रेसर पीडित रहेको समेत उनले जानकारी दिए । कन्ट्रयाक ट्रेसिङको आधारमा उनका परिवारहरुको पिसिआर गर्ने उनले जानकारी दिए ।