सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

विश्व्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढदै छ ।

पर्सामा प्रहरी,सेना र पत्रकारसहित थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना रहेको छन् ।