काठमाडौं उपत्यका कोरोनाको जोखिममा
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढे सँगै सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिमा रहेको भन्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ।
साथै संक्रमणको उच्च जोखिममा बृदबृदा र बालबालिका रहेको भन्दै मन्त्रालयले पनि पटकपटक यस्ता समूहका व्यक्तिहरुको विशेष ख्याल गर्नुपर्ने बताउँदै आएको छ।
प्रतिक्रिया