थप २४६ जनामा कोरोना संक्रमण ,काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
विश्व्यापीमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या दिनप्रति दिन बढदे गएका छ, मृत्युको संख्या पनि बढदै छ ।
आइतबार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण बाट मृत्युको संख्या ५७ पुगेको छ ।
प्रतिक्रिया