बग्गीखानामा लकडाउन: अत्यावश्यक बाहेकका सबै सेवा बन्द
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् ।
महाशाखामा रहेका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका ट्राफिक महाशाखाले जनाएको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहितका ३ सय ७५ जना प्रहरीका अधिकृत र जवान अहिले क्वारेन्टाइनमा रहेका महाशाखाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया