प्रशासनको कै सेटिङमा सर्लाहीमा खुलेआम तस्करी
गत वर्ष चैत ११ गते देखि कोरोना भाइरसको संक्रमणका कारण हालसम्म नेपाल भारत सिमानाका सिल गरिएको छ । तर सर्लाहीमा प्रहरी प्रशासनको कै सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामाग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।
तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको छ । सर्लाही जिल्लास्थित पर्सा, त्रिभुवन नगर, मलङ्ग्वा, भाँडसर, फेन्हारा र बलरा स्थित रहेको चोर नाकाबाट दिनहु जसो भारतीय सामग्रीहरुको चोरी निकासी हुने गरेको छ । भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा स्पेयर पार्टस्, कुखुराको चल्ला, अन्डा चिनी, तेल, चामल, मलखाद्य, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् । तस्करहरुले नेपाल तर्फबाट, मदिरा, अलैंची, सुपारी, मरिच, गाइ, गोरु र चाइनिज भारत तर्फ चोरी निकासी गर्दै आएका छन ।
त्यहाँका स्थानीय वासिन्दाहरुका अनुसार ग्रामिण भेगबाट हुने काठको निकासीमा प्रहरीले ठाउँ-ठाउँमा पैसा लिएर निर्वाध ओसारपसारको छुट दिनु प्रहरीको ड्यिूटी बनेको छ । नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।
सदरमुकामदेखि ग्रामीण भेगसम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संंलग्न रहेको फेला पर्दै आएका छन् ।
माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्ने स्थानीय वासिन्दाहरु बताउँछन् । तर तस्करी रोक्नतर्फ कुनै पहल नभएको र सर्लाही प्रहरी प्रशासन भने मौन रहेके देखिन्छ ।तस्करीमा सीमा नाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता रहेको र माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको वासिन्दाहरु बताउँछन् ।
दुर्भाग्य सर्लाही जिल्ला प्रहरी कार्यालयभित्रै र उसका मातहत भने कमाउन ब्यस्त भएको प्रमाण फेला परेको छ ।
सर्लाहीका विभिन्न नाकाबाट 'लकडाउन' को मौका छोपेर सेटिङमै खुलेआम तस्करी भइरहेको छ । त्यसरी तस्करहरुसँग आर्थिक लाभ लिएर तस्करी गर्न सघाएको आरोपमा चार जना प्रहरी निलम्बनमा परेपछि त्यसको थप पुष्टि भएको हो ।
भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहदै आएको छ ।
प्रतिक्रिया