ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल
ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत दुई जना एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ट्राफिकलाई क्वारेन्टिनमा राखिएको महाशाखाले जनाएको छ ।
संक्रमण पुष्टि भएका दुई जनालाई भने उपचारको लागि अस्पतालमा पठाइएको छ ।कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ । महाशाखाका अनुसार एसएसपी ढकालसहित ३७५ जना ब्यारेक भित्र नै क्वारेन्टाइनमा रहेको र अहिले महाशाखा पूर्णरुपमा बन्द रहेको छ ।
३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटिएका छन् । महाशाखा कार्यरत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ ।
प्रतिक्रिया