कोरोना संक्रमण बाट थप ६८ वर्षीया महिलाको मृत्यु, मृतक संख्या ५८ पुग्यो
विश्व्यापीमहामारीको रुपमा फैलिएका कोरोना भाइरको कारणले दिनप्रति दिन कोरोना भाइरस संक्रमितको संख्या बढदै छ,र मृत्युको संख्या पनि बढदै छ ।
कोरोना संक्रमण बाट थप एक महिलाको मृत्यु भएको छ ।
ति महिला लाई वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोनाबाट उपचारको क्रममा मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
शुक्रबार पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएकी ६८ वर्षीया महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको छ । अस्पतालका इन्चार्ज डा निरजकुमार सिंहले भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण बाट मृत्युको संख्या ५८ पुग्यो ।
प्रतिक्रिया