भारतीय विदेश सचिवलाई सीमा विवाद भन्दा नेकपा विवादकै बढ्ता चासो किन ?

काठमाडौं । विहीबार नेपाल भ्रमणका लागि आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री तथा नेपाली काग्रेसका सभापति लगायतका उच्चस्तरीय नेतासँग भेटवार्ता गरे ।

जो जो सँग उनले भेटवार्ता गरे, उनले आफ्नो भ्रमण निनान्त विभिन्न ठाउँको अवलोक र राजनीतिक भेटवार्ता भएको बताए । तर, पछिल्लो पटक नेपाल–भारतबीच चर्किएको सीमा विवादको बिषय उनले निकाल्नै चाहेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीमा विवाद बिषयमा छलफल भएन् । प्रधानमन्त्री आफैले सीमा विवादलाई समाधानका लागि भारतसँग वार्ता गर्न तत्पर रहेको बताए । जवाफमा श्रींगलाले यस विषयमा दुई देशबीच कुटनीतिक माध्यमबाट वार्ता र छलफल हुनुपर्ने सुझाव दिए । यद्यपी, सीमा विवाद समाधानका लागि भारत तयार छ भन्ने कुरा उनले खोलेनन् ।
यसबाट पनि के प्रष्ट हुन्छ भने सीमा विवादको गाँठो अझै कस्सिदैँ गएको छ । भारत नेपालसँग वार्ता गर्न चाहँदैन् ।

यति मात्र होइन्, राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटमा भने उनले सीमाका बिषयमा दुईदेशबीच विवाद कायमै रहेकाले आपसी छलफल र कुटनीतिक वार्ताका माध्यमबाट समाधान हुनुपर्ने बताए । राष्ट्रपति भण्डारीले भेटवार्ताको सुरुमा नै अरु नेतासँगको भेटमा के—के भन्नुभयो भनेर सोधिन् । जवाफमा उनले आफ्नो भ्रमण राजनीतिक र धार्मिक स्थल तथा ठाउँको अवलोकनका लागि मात्रै भएको बताए

उनी राष्ट्रपतिसँग पनि सीमा बिबादका विषयमा पन्छिन खोजेँ । बरु, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको भेटमा यो बिषय ‘फोकस्ली’ उठ्यो । मन्त्री ज्ञवालीले नेपालले ऐतिहासिक प्रमाण, तथ्य र दस्तावेजका आधारमा सीमा विवादका बारेमा भारतसँग वार्ता गर्न चाहेको उनीसमक्ष सुनाएँ ।
उनले सीमा विवादलाई जसरी पनि छिटोभन्दा छिटो हल गर्नका लागि भारतलाई सन्देश दिन चाहेको बताए ।

नेपालले लामो समयदेखि विवादीत रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा समेत जारी गरिसको छ भने निशान छाप समेत परिवर्तन गरेको छ । तर, सो दशजगा क्षेत्रमा अहिले पनि भारतीय सेना परेड खलिरहेका छन् । सीमा क्षेत्रमा रहेको भारतीय संरचना, सेनाको क्याम्प र सेना पनि हटेका छैनन् ।

नेपालले पटक पटक भारतसँग सीमा विवादकाबारेमा छलफल गर्न खोजेपनि भारतले मानेको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सीमा विवादको बिषयमा नेपालसँग वार्ता गर्न चाहेका छैनन् ।
भारतीय पक्षले पनि एकतर्फी रुपमा सो सीमाक्षेत्र विगतदेखि नै चलनचल्ती र उपयोग भारतले नै गर्दै आएको दाबी गरेको छ ।

यता, काग्रेस सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस नेताहरुसँगको भेटमा पनि सीमा विवादका बिषयमा त्यति कुरा उठेन् । समसामयिक राजनीति र पछिल्लो कोरोना महामारीको प्रतिकुल अवस्थाका बारेमा मात्र कुराकानी भयो ।
बरु, विभिन्न विदेश सचिव श्रींगलाले नेकपाभित्रको पछिल्लो विवादका बारेमा बढी चासो लिएको नेकपाका एक नेताले बताए । राष्ट्रपति समक्ष पनि उनले नेकपाभित्रको पछिल्लो विवादका बारेमा चासोका रुपमा कुराकानी गरेको बुझिएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा पनि नेकपाभित्रको विवाद र उत्पन्न राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको थियो ।

दुई दिने भ्रमणका लागि नेपाल आएका श्रींगला शुक्रबार गोरखासहित विभिन्न जिल्लामा पुगेर धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।