वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
विश्व्यापिमहामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमितको संख्या र मृत्यु संख्या दिनप्रति दिन थपिदै छ ।
कोरोना भाइरस संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ ।
उनिहरुको उमेर ३५ र ६५ बर्षीय पुरुष हुन उनिहरुको बिहीबार मृत्यु भएको हो ।
३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको हो । डाक्टर निरज सिंहले जानकारी दिए ।
वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो ।
बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।
प्रतिक्रिया