१३२ केभी क्षमताको सवस्टेशन निर्माण

चितवनमा १३२र३३र११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ ।

नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो ।

सवस्टेशनमा राखिएका १३२र३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको छ ।
हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिनुभयो ।

उहाँले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताउनुभयो । हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिनुभयो ।

त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३र११ केभी, १६।६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको छ, सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”उहाँले भन्नुभयो ।

उहाँले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउनुभयो ।

अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३र११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको छ ।

लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको छ । पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ । पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको छ ।

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो ।

गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो । लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको छ ।

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसी–एनएचई निर्माण कम्पनीले पाएको थियो । “विसं २०७६ चैतभित्र सवस्टेशन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो”, आयोजनाका इञ्जीनियर नारायण सापकोटाले भन्नुभयो, असार मसान्तसम्म म्याद थप गरेर काम गरेका हौँ ।

यो सवस्टेशनमा जडित उपकरण अटोमेशन सिस्टम स्वचालित प्रणाली० बाट सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ ।

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ ।

३३ केभी लाइन छ महिनाभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । अहिले स्थानीय क्षेत्रमा ११ केभीको दुईवटा फिडरबाट वितरण हुन्छ, पछि चारवटा फिडरबाट वितरणको तयारी गरेका छौँ सापकोटाले भन्नुभयो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले सवस्टेशन निर्माणपश्चात पूर्वी चितवनका नागरिकलाई ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले वर्षो देखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौँ, सवस्टेशन निर्माणपछि यो समस्या हल भएको छ ।

उहाँले स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।