चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि
विश्व्यापिमहामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमितको संख्या व्यापक रुपमा बढदै छ ।
पर्सा र बारामा चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो केही संक्रमित व्यक्तिहरुमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बताइएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।
वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालमा कार्यरत उनलाई पाँच दिनदेखि ज्वरो आइरहेको थियो ।
नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।
अहिले सम्म नेपमलमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
प्रतिक्रिया