कैलालीको लम्कीचुहा नगरपालिकामा सञ्चालन गरीएका क्वारेन्टाईनमा खर्च विवरण आज सार्बजनिक सम्पन्न

लम्कीर कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा सञ्चालन गरीएका क्वारेन्टाईनमा गरीएको ब्यवस्थापनको खर्च विवरण आज सार्बजनिक गरीएको छ ।

लमकीचुहा नगरपालिका वडा नम्बर ३ को बल्चौरमा वडा कार्यालयको आयोजनामा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी वडाका ३ ठाउँमा दुई चरणमा गरीएको क्वारेन्टाईन

ब्यबस्थापनको खर्च रु २८ लाख ६९ हजार ५ सय ७३ रुपैयाँ ११ पैसा बराबरको आर्थिक प्रतिबेदन वडा अध्यक्ष भक्तबहादुर चलाउनेले सार्बजनिक गर्नु भएको थियो ।

जसमा पहिलो चरण अन्तरगत राष्ट्रिय माध्यामिक विद्यालय चिसापानी र राष्ट्रिय माध्यामिक विद्यालय ब्यवस्थीत नगरमा गरीएको क्वारेन्टाईन ब्यवस्थापनमा ५० बेड ब्यवस्थापनमा १ लाख ५९ हजार ५ सय ४७ रुपैयाँ ८६ पैसा, क्वारेन्टाईन सुरक्षाका लागि चिसापानीको पवद्यालयमा तारजालीमा रु ५४ हजार २ सय ५३ रुपैया २२ पैसा, सेनीटाईजर, ग्लोभ्स रु। ५ हजार ८ सय ५० रुपैयाँ, स्वाथ्यकर्मि, स्वयमसेवक, महिला स्वास्थ्य सेविका, भान्से, सहायक भान्से, मजदुरको पारिश्रमिक तथा जोखिम भक्ता रु। २ लाख ८७ हजार १ सय ६० रुपैया,

स्टेशनरी ४ हजार २ सय ४०, चसापापनी विद्यालयमा सञ्चालित क्वारेन्टाईनमा नेट जडान ७ हजार ५ सय, पानी चिसापानीमा १२ हजार ९ सय २० रुपैया, सरसफाई सामग्री १० हजार छतिस, ड्रम, पलाष्टीक, धाराटुटी ७ पाचँ सय ६२ रुपैयाँ, खाना ब्यवस्थापनमा १ लाख २८ हजार २ सय ९८ रुपैयाँ, बस, चालक भक्ता तथा यातायात ब्यवस्थापनमा ७ हजार २ सय ८० रुपैयाँ, विद्युत वायरिङ्ग र सञ्चार ११ हजार ८ सय रुपैयाँ गरी जम्मा ६ लाख ९६ हजार ४ सय ४७ रुपैयाँ ८ पैसा खर्च भएको विवरण सार्बजनिक भएको छ ।

यस्तै दोस्रो चरण अन्तरगत राष्ट्रिय माध्यामिक विद्यालय चिसापानी राष्ट्रिय माध्यामिक विद्यालय ब्यवस्थीतनगर र जिवनदिप आधारभुत विद्यालयमा गरी ३ ठाउँमा सञ्चालन गरीएको क्वारेन्टाईन ब्यवस्थापनमा सरसफाई तथा क्वारेन्टाईन ब्यवस्थापनमा १ लाख ३३ हजार १ सय ६८ रुपैया, खाना ब्यवस्थापनमा १५ लाख १३ हजार ८० रुपैया, स्वास्थ्यकर्मि र

स्वंयमसेविको जोखिम भक्ता २ लाख ८४ हजार १ सय ६० रुपैया, बेड ब्यवस्थापनमा २ लाख २८ हजार ७ सय ३ रुपैया, स्टेशनरी, ढुवानी इन्धन १४ हजार १५ रुपैया गरी जम्मा १२ लाख ७३ हजार १सय २६ रुपैया ३ पैसा बराबरको प्रतिबेदन प्रतिबेदन प्रस्तुत गरीएको थियो ।

क्वारेन्टाईन स्वयंमसेवक माकण्डय प्रसाद उपाध्यायएको स्वागत मन्तब्य संगै शुरु भएको खर्च विवरण सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागि वडाबासि छवि जैशी, नरेन्द्र ढकाल, लबबहादुर शाही लगायतका ब्यक्तिहरुले प्रस्तुत खर्चको प्रक्रिया र खर्च शिर्षकाका बारेमा जिज्ञाासा राख्नु भएको थियो ।

कार्यक्रममा उठेका सबैका जिज्ञासाहरुलाई संम्बोधन गदै वडा अध्यक्ष चलाउनेले कसैलाई कुनै संका तथा आसंका भए वा खर्चभएका विलभरपाई हेर्न चाहेको खण्डमा वडा कार्यालयमा आएर हेर्न सक्ने समेत बताउनु भयो ।

आफु र आफ्नो टीमले पारदर्शि रुपमा खर्च गरेको बताउदै वडा अध्यक्ष चलाउनेले विपतको घडिमा क्वारेन्टाईन ब्यवस्थापन लगायत अन्यकार्यमा सघाउने सम्पुर्ण वडा बासि लगायत सबै सरोकारवाला लाई धन्यबाद दिदै क्वारेन्टाईन ब्यवस्थापनमा सहयोग गर्ने सबैलाई प्रमाणपत्र दिएर सम्मान समेत गरीएको थियो ।

कार्यक्रममा राष्ट्रिय समाजबादी पार्टिका बलबहादुर विष्ट, नेपाली कांग्रेसका लबबहादुर शाही, लक्ष्मीप्रसाद देवकोटा, नेकपाका कमल प्रसाद न्यौपाने, पुर्ब भण्डारी लगायतकाले आफ्नो सुझाव सहितको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले लम्कीचुहा नगरपालिका अन्तरगतका आज सम्म क्वारेन्टाईन ब्यवस्थापन अन्तरगत भएका खर्च सार्वजनिकमा अन्य वडाको तुलनामा लम्कीचुहा वडा नम्बर ३ को खर्च एकदमै मितब्यायीरुपमा भएको, सकेसम्म खर्च क मगर्ने प्रयास गरीएको, अन्य वडाको तुलनामा कम खर्च भएको भन्दै क्वारेन्टाईन ब्यवस्थापन समितिलाई धन्यबाद समेत दिएका थिए ।