हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका २९सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका ५ घर भएका ४० वर्षीय ढुण्डी राजन्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरेको सूचनाकोआधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानहरुमा क्रममा काठमाडौं विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाईफेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।