कोरोना संक्रमण बाट थप १७ वर्षीया युवतीको मृत्यु
विश्व्यापीमहामारी रुपमा फैलिएका कोरोना भाइरसका कारणले थप एक १७ वर्षीया युवतीको मृत्यु भएको छ ।
बारा जिल्ला परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया युवती कोरोना संक्रमित बाट मृत्यु भएको जनाइएको छ ।
अस्पताल स्रोतका अनुसार बिहिबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको मृत्यु भएको हो ।
उनमा पखाला लाग्ने र जिउ काम्ने समस्या रहेको थियो । साथै श्वासप्रश्वास सम्बन्धी समस्या समेत रहेको अस्पताल स्रोतले जनाएको छ ।
उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।
स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष संयोजक डा उदयनारायण सिंहले जानकारी दिए ।
स्रोतका अनुसार उनको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको र नतिजा आउन बाँकी रहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।
प्रतिक्रिया