कोशी अस्पतालको आइसोलेसनमा ४० वर्षीया महिलाको मृत्यु
आज कोशी अस्पतालको आइसोलेसन कक्षमा एक महिलाको मृत्यु भएको छ ।
केही दिनअघि श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारको लागि बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी
सुनसरी इनरुवा नगरपालिका–३ कि महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको र उनको मृत्यु कोेरोना संक्रमण या अन्य रोगले भएको
भन्नेबारे रिपोर्ट आएपछि मात्रै थाहा हुने डा दासले जानकारी दिए ।
प्रतिक्रिया