प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने व्यक्ती पक्राउ
प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका ९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम भन्ने अनिल वलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले प्रहरीमा जागिर लगाई दिन्छु भनि पटक पटक गरी ३ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेकोमा काठमाडौं कीर्तिपुर नगरपालिका ४ भत्केपाटीबाट पक्राउ गरिएको हो ।
उनको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू
, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगाएतका कागजातहरु समेत बरामद भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया