एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि

राजविराज ६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार संक्रमितहरू ६९, २९ र २२ वर्षीय पुरूष तथा ४० वर्षीया महिला रहेको छ ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको छिमेकमै रहेको चियानास्ता पसल सञ्चालन गर्दै आएका एकै परिवारका ४ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ।

उनका अनुसार राजविराज ६ कै ३० वर्षीया महिला, राजविराज ९ की ५५ वर्षिया महिला र राजविराज नगरपालिका ७ का ७० वर्षीय पुरूषमा समेत कोरोना पोजेटिभ देखिएको छ।