कोरोना संक्रमणबाट वीरगन्जमा ८५ वर्षीया वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो

वीरगञ्ज -विश्व्यापीमहामारी कोरोना भाइरको कारणले दिनप्रदि दिन संक्रमणको संख्या थपिदै छ ,र मृत्युको संख्या पनि थपिदे गएका छ ।

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए ।

डा सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

यो संगै कोरोना बाट मृत्यु हुनेको संख्या ४४ पुग्यो  ।