इजरायलले गाजामा गरेको आक्रमणमा परेर मर्नेको संख्या १११ पुग्याे
इजरायलले गाजामा गरेको आक्रमणमा परेर मर्नेको संख्या १११ पुगेको छ ।
पोप फ्रान्सिसले सामूहिक हत्याको आरोपमाथि छानबिन गर्नुपर्ने माग गरिरहेकै समयमा शनिबार गाजा पट्टीमा इजरायली सेनाले कम्तिमा १११ जना प्यालेष्टिनीहरूको हत्या गरेको मेडिकल स्रोतहरूले भनेका छन् ।
उता, मध्य बेरुतमा हवाई आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफको हत्यापछि इजरायली सेनाले लेबनानमा पनि आक्रमण जारी राखेको छ । यसैबिच इजरायले सेनाले लेबनानमा थप ६ जना प्यारामेडिक्सको हत्या गरेको बताइएको छ ।
प्रतिक्रिया