लामो दुरीका मिसाइल रुसमा हमला गर्न युक्रेनलाई अमेरिकाको अनुमति
अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि लामो दुरीको मिसाइल उपयोगगरी रुसमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले १९ जनवरी २०२४ देखि कार्यकाल पूरा गर्नुअघि युक्रेनलाई रुसमाथि हमला गर्न लामो दुरीका मिसाइलको प्रयोग गर्न अनुमति दिएका हुन् ।
रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो ।
आइतबार रुसले युक्रेनमा ६० भन्दा बढी मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो । हमला बढेपछि स्थानीयले ज्यान जोगाउन बंकरको सहारा लिएका थिए ।
रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध समाप्त गर्नका लागि हरसम्भव कोसिस गर्ने बताएका थिए ।
प्रतिक्रिया