खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ
खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप सिंह गिल क्यानाडामा पक्राउ परेका छन् । क्यानाडाको ओन्टारियोस्थित मिल्टनमा गोलीकाण्ड भएपछि उनलाई पक्राउ गरिएको क्यानाडाको सीटीभीले जनाएको छ ।
क्यानाडा र भारतबीच कूटनीतिक तनाव बढिरहेका बेला उनी पक्राउ परेका हुन् । दल्ला गत वर्षको जुन महिनामा क्यानाडामा मारिएका अर्का खलिस्तानी नेता हर्सदीप सिंह निज्जरका निकटस्थ मानिन्छन् ।क्यानाडाले निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाउँदै आएको छ । भारतले क्यानाडाको आरोप अस्वीकार गर्ने गरेको छ ।
भारतको गृह मन्त्रालयले उनलाई मोस्ट वान्टेड आतंककारीको सूचीमा राखेको छ । भारतमा उनलाई व्यक्ति हत्या र जबरजस्ती अशुलीको अभियोग लागेको छ । दल्ला सन् २०१८ मा पञ्जाबबाट क्यानाडा पुगेका थिए । उनी क्यानाडाको सरेमा बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया