भारतमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण

भारतले शनिबार लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । ओडिसाको डा। एपीजे अब्दुल कलाम टापुबाट भारतले सो परीक्षण गरेको हो । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले यस उपलब्धिका लागि भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिएका छन् । रक्षामन्त्री सिंहले लेखेका छन्, ‘भारतले ओडिसाको डा.एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको छ ।

यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्त्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ । म यस अद्भूत उपलब्धिका लागि टोली डीआरडीओ र सशस्त्र बललाई बधाई दिन्छु ।’