तीन देशको भ्रमणमा निस्किए मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाइजेरिया, ब्राजिल र गुयानाको पाँच दिने भ्रमण सुरु भएको छ ।
जसअनुसार नरेन्द्र मोदी शनिबार राति नाइजेरियाको राजधानी अबुजा पुगेका छन् ।नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनाबुले अबुजा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरे।
यस स्वागतका लागि प्रधानमन्त्रीले नाइजेरियाका राष्ट्रपतिलाई धन्यवाद दिए । उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे ।
नाइजेरियाको भ्रमण सकेर प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिल प्रस्थान गर्ने छन् । त्यहाँ उनले जी-२० सम्मेलनमा भाग लिनेछन्।
पीआईबीको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा गुयाना जानेछन्। विगत ५० वर्षमा कुनै भारतीय प्रधानमन्त्रीको गुयानाको यो पहिलो भ्रमण पनि हो ।
प्रतिक्रिया